शब्द संगीत र स्वरको उत्कृष्ट संगम – ‘तस्बिर दिलैमा’

म्यूजिक खबर
प्रकाशित: २० मंसिर २०७७, शनिबार

काठमाडौं । पछिल्लो पुस्ता रुचाइएका गायक गायिका प्रविण बेडवाल र रचना रिमालको कर्णप्रिय स्वरमा ‘तस्बिर दिलैमा’ सार्वजनिक भएको छ । गीतमा धुन सम्राट बिबि अनुरागीको उत्कृष्ट शब्द र संगीत रहेको छ । गीतको एरेन्ज पनि बिबिले नै गरेका हुन् ।

प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ शुकुराम रसाइलीले र मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् । कमल थापा र किरण बिक गीतका रेकर्डिष्ट हुन् । गीतको भिडियोलाई ताराकान्त बिक हरिले छायांकन र सम्पादन गरेका हुन् ।

गीतको भिडियोमा गायक प्रविण वेडवाल, गायिका रचना रिमाल स्वयं देखिएका छन् । त्यस्तै बिबि अनुरागी बिबि अनुरागी (हारमोनियम)
शुकुराम रसाईली (किवोर्ड), सुवास (मादल), रत्न उत्सुक (बांसुरी), निसान (अक्टोप्याड) र सरोज विष्ट (गिटार) मा प्रस्तुत भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु