बिपिनको संगीत, रचना र शंकरको स्वरमा दिपकले ल्याए ‘भोटे ताल्चा’

म्यूजिक खबर
प्रकाशित: २३ आश्विन २०७७, शुक्रबार

काठमाडौं । दिपकराज पाठकको शव्दमा ‘भोटे ताल्चा’ बोलको गीत युट्युबमा आएको छ । अहिलेकी चर्चित गायिका रचना रिमाल र शंकर दाहालको आवाज रहेको गीतलाई बिपिन आचार्यले संगीत भरेका हुन् । एरेन्ज र रेकर्डिङ पनि बिपिनले नै गरेका हुन् ।

गीतमा शिशिर भण्डारीका साथमा नवप्रवेशी र प्रतिभावान ६ जना मोडलहरुको एकसाथ अभिनय रहेको छ । हालको सांगीतिक बजारको बिकृतिलाई पनि समेटिएको गीतमा स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको पनि अभिनय रहेको छ ।

गीतको कथावस्तु र समग्रमा गीत नै उत्कृष्ठ रहेको दर्शक, श्रोताले कमेन्ट दिएका छन् । लक्ष्मण अिधकारीको पनि अभिनय रहेको गीतलाई सुन्दर लोकेशनमा ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने गीतमा नृत्य र निर्देशन सन्तोष राजबहाकको रहेको छ । गीतलाई डिन्सन शाहले सम्पादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु