‘हावादारीमा’ रचना र श्रीधर

म्यूजिक खबर
प्रकाशित: २६ पुष २०७७, आईतवार
Hawadarima

काठमाडौं । हाँस्यकलाकार श्रीधर अधिकारी र पछिल्लो समयकी भाइरल गायिका रचना रिमालको सहकार्यमा यतिखेर ‘हावादारीमा’ गीत बजारमा आएको छ । गीतको शब्द र संगीत श्रीधर अधिकारीको नै रहेको छ । पछिल्लो समय संगीतलाई कर्मथलो बनाउँदै आएका श्रीधर अधिकारी क्यारिकेचरमा खप्पिस मानिन्छन् । यतिखेर हावादारीमा गीतले पनि राम्रै प्रतिक्रिया पाईरहेको छ। टिकटकमा पनि सोहि गीतमा भिडियो बनाउनेको संख्या पनि बढिरहेको छ। गायक अधिकारीले आफ्नै युट्युब च्यानल मार्फत गीत डिजिटल बजारमा ल्याएका हुन् । गीतमा भारतीय रियालिटी सोमा सहभागी भएका बालकलाकार हरुको पनि अभिनय रहेको छ। पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल संग गाउँदा खुशी लागेको श्रीधर बताउछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु