• रचना रिमाललाई वसन्त सापकोटोले भने– ‘सुनन पियारी’

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०७७, सोमबार

    काठमाडौं । लोकप्रिय संगीतकार संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी भाइरल बनेकी गायिका रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक भएको छ । बसन्त सापकोटाको शब्द तथा संगीतमा रहेको उक्त गीतको संगीत संयोजन भने महाराज थापाले गरेका हुन् । साजन शाह र राजेश श्रेष्ठको रेकर्डिङ रहेको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।

    भिडियोमा भने सृष्टि खड्काले अभिनय गरेकी छन् । मोडेल सृष्टि खड्काको साथमा,सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडीयोलाई रमाईलो तरिकाले बनाइएको छ ।
    भिडीयोलाई निर्देशन तथा सम्पादन भने निशान कश्यपले गरेका हुन् । भिडियो सम्पादनमा शिखर चुमेका निशान घिमिरे अर्थात निशान कश्यप यतिबेला भने भिडियो निर्देशनको पाटोमा पनि अब्बल बनेर बजारमा छाएका छन् । भिडियोलाई उत्सब दाहालले छायाँकन छायाँकन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु