• कोरोनाको पीडामा राधिका हमालको आवाज ‘दिदीभाइ’ (भिडियो हेर्नुहोस्)

    म्यूजिक खबर
    प्रकाशित: २२ असार २०७७, सोमबार

    काठमाडौं । कोरोना कहरका बीच तीजको गीत बजारमा ल्याउने लहर चलिरहेको छ । यतिबेला राधिका हमाल र राजेन्द्र कँडेलको आवाजमा रहेको तीज गीत दिदीभाइ बजारमा आएको छ । निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश बर्देवाको संगीत रहेको छ भने ओबि रायमाझी र शोभा त्रिपाठीले अभिनय गरेका छन् । गीतमा परदेश बाट स्वदेश आएको भाइ क्वारेन्टाइन मा बस्नु परेको र तीजमा आफ्नो दिदीबहिनी अर्थात चेलिबेटी लिन जान नपाएको र उता माइतीको बाटो हेरेर बसेकी चेलीको ब्यथा कथा समावेश गर्न खोजिएको छ ।

    यसपाली माइत आउन नपाएनी भाइको क्वारेन्टाइन बसाइ लाई थप उर्जा र हौसल्ला दिने काम चेलिले गर्छिन भने भाइले पनि दिदीको मन लाई दुखी नबनाउन अनुरोध गर्दछन् । गीतलाई बिक्रम चौहानको निर्देशन प्रकाश खड्का को छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ । जैमिनी नगर बाग्लुङका मेयर शिक्षा अधिकृत वार्ड अध्यक्ष र शिक्षक बुद्दिजिवीहरुलार्इ पणि भिडियोमा देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु