• राजेन्द्र भण्डारी र राधिका हमालको ‘च्यान्टी मायालु’

    म्यूजिक खबर
    प्रकाशित: २३ भाद्र २०७७, मंगलवार

    काठमाडौं । नेपाली लोकदोहोरी गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका राधिका हमाल र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको “च्यान्टी मायालु” गीतको भिडियो सार्वजनिक भएको छ ।

    ग्रामिण समाजमा भएको मौलिक लोक सभ्यतालाई कलात्मक रुपमा गीतमा समेटिएको छ । प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ । राजेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।

    सुरेश श्रेष्ठको छायाँकन , प्रकाश धमलाको सम्पादन तथा राजेन्द्र भण्डारीको निर्देशन भिडियोमा छ । ठटयौली पारामा मायाको भावहरुलाई पोखिएको छ । ” च्यान्टी मायालु” गीतको भिडियोमा राजेन्द्र भण्डारी , आयुष्मा कार्की र कुमार गजुरेलको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु