‘भाग्यमानी’ राधिका हमाल

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७६, शुक्रबार

काठमाडौं । कुनैबेला तिज भनेपछि राधिका हमाल र पशुपति शर्माको नाम अगाडि आउँथ्यो । धेरै समय गीतसंगीत क्षेत्रमा कब्जा जमाएकी गायिका राधिका हमाल पछिल्लो समय संघसंस्था मेला महोत्सवमा अलि बढी व्यस्त भएका कारण सिर्जनामा कम देखिए पनि उनका जति गीत आउँछन् राम्रै चर्चा पाउने गरेका छन् ।
तिजको छेको पारेर गायिका राधिका हमालले पनि नयाँ गीत लिएर आएकी छन् । अहिले बजारमा आएको ‘भाग्यमानी’ राधिका हमालको तिज गीत हो । आफ्नै शब्द र लयसँगै स्वरमा सजिएको ‘भाग्यमानी’ गीत तिजका पारखीहरुलाई नयाँ स्वादमा आएको छ । आफ्नै अफिसियल युटुब च्यानल मार्फत उक्त गित सार्बजानिक गरेकी हुन् ।


उक्त तिज गीतको म्यूजिक भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् भने दुर्गा पौडेलले छायाँकन गरेका छन् । भिडियोमा रिना थापाको अभिनय रहेको छ । भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन् ।
गीतमा माइतीहरु विदेशमा रहेका कारण भेट्नकै लागि पनि विदेश जान पाइने म भाग्यमानी भनेर उनले गीतमार्फत् प्रस्तुत गरेकी छन् । गीतजस्तै उनी यसपालीको तीजमा राधिका हमाल विदेश टुर गर्दै छिन । तिज अवसर पारेर कार्यक्रमकै लागि अष्ट्रेलिया र युएइ लगायत देशमा जाने भएकी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु