राधिका हमालको ‘हे बरै’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७६, सोमबार

काठमाडौं । गायक सञ्जय बडाल र गायिका राधिका हमालको आवजमा सजिएको गीत ‘हे बरै’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा बरिष्ठ गीतकार बीबी थापाको शब्द रहेको छ । उनका हालै २७ वटा एलवमहरु विमोचन भइसकेको छ । त्यस्तै यहि क्रममा उनलाई ओल्ड बुक अफ रेकर्डले सम्मान पनि गरीसकेको छ, भने फेरी पनि ६ वटा एल्वम विमोचनको तयारीमा रहेको गीतकार बीबी थापाले जनाएका छन् ।

सार्वजनिक गीतमा संगीत तथा एरेञ्ज लोकाप्रिय एरेञ्जर मनोज चौलागाईको रहेको छ भने, उक्त गीतको भिडियोमा क्यामेरा मुकेश हुमागाईको रहेको छ । उक्त गीतको भिडियोलाई आशिष नेपालले निर्देशन गरेका हुन् । उक्त सार्वजनिक गीतको भिडियोमा इशा नेपाल र नवराज पौड्यालको नृत्य तथा अभिनय रहेको छ । उक्त गीतमा प्रकाश एस,के को सम्पादक रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु