राहुल शाह कसरी बने सफल कोरियोग्राफर !

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७८, शुक्रबार

सुमन पण्डित

राहुल शाह पछिल्लो समयका चर्चित कोरियोग्राफर हुन् । कैलाली लम्की नगरपालिका मोतीपुरका स्थायी बासिन्दा राहुलको कलाकारिता यात्रा संघर्षमय छ । सानैदेखि भारतको कुल्लु मनालीमा अध्ययन गरेका हुन् । अध्ययनकै क्रममा कलाकार भन्ने सपना बोकेर उनी हरेक दिन नृत्य सिक्नका लागि दौडिन्थे । तर उनले सिक्नका लागि न ठाउँ पाए न सोचेजस्तो व्यक्ति । उनी बलिउडका चर्चित कोरियोग्राफर ट्यारेन्ससँग सिक्न चाहन्थे । उनको इन्स्टिच्यूटमा सिक्नका लागि धेरै समय कुरे तर उनका चेलाहरुले सिकाउने भएपछि उनले त्यहाँ सिकेनन् । उनी सधैं ट्यारेन्ससँग नृत्य सिक्ने सपना देखिरहेको भए पनि पूरा भएन । त्यसपछि उनी आफ्नै रुममा फर्के ।

समय बित्दै गयो, मनभरि सपनाको चाङ थियो उनीसँग । सेल्फ अध्ययन गर्छु भन्ने अठोट मनमा लिए । कोठामा नै यूट्यूबमा अरुको नृत्य हेर्ने र आफूलाई त्यही अनुसार सिक्ने काम गरे । त्यही सिलसिलामा उनी एउटा फिटनेश सिकाउने काम पनि गर्न थाले । करिब दुई वर्ष अरुलाई फिटनेश सिकाउँदै जाँदा फ्रि भएको समयमा उनी आफू नै अरुको स्टुडियोमा सिक्न थाले । उनले मुम्बइमा नै जिम्न्यास्टिकको करिब ६ महिनाको कक्षा लिएका थिए । त्यसको सहारा लिएर उनी वेष्टर्न कल्चरका चर्चित एवं हलिउडको नम्बर १ कोरियोग्राफर MATT Steffanina को नृत्य हेर्ने गर्थे । उनकै कला देखेर उनी प्रेरित भएका थिए । त्यसपछि निरन्तर उनकै नृत्यलाई अबलम्बन गर्दै आफैं सिक्न थाले ।

सुरुसुरुमा उनले एक्लै सिकेको देख्नेहरुले उनलाई पागल भन्थे । तर पागल भन्नेहरुकै अगाडि उनी मेहनत गरिरहे । मुम्बईमा रहँदा कम्प्युटरको हार्डवेयर र नेटवर्किङ सम्बन्धी डिप्लोमा गरिसकेका थिए । एकातिर फिटनेश सिकाउने अर्कातिर कम्प्युटरसम्बन्धीको ज्ञान हासिल गर्नु उनको दिनचर्या बनिरहेको थियो । त्यहीबेला २०११ मा उनी काठमाडौं आए । मुम्बईमा स्वअध्ययन गरेको नृत्य कक्षालाई काठमाडौंमा कसरी देखाउने भन्ने मनभरि थियो । करिब ३ महिना अरुको पसलमा काम गरे । अरुकोमा काम गर्दागर्दै उनी कम्प्युटर पसल खोलेर हार्डवेयर र नेटवर्किङ सम्बन्धी काम गर्न थाले । तर उनीभित्र नृत्यको प्यासन थियो । सिक्ने मौका थिएन । सिक्ने ठाउँ थिएन । दिनभरि अन्य काममा लागेर बेलुका र विहान घरमा म्यूजिक बजाउँदै नृत्य गरिरहन्थे । संघर्षको निकै पीडादायी कथा थियो उनीभित्र । अब व्यवसाय गर्दिनँ भनेर कम्प्युटरसम्बन्धी पेशालाई नै छाडिदिए । पुनः नृत्यमा नै फर्किए ।

मध्यबानेश्वरमा रहेको मोमेन्ट डान्स स्टुडियोमा प्रशिक्षक भएर काम गरे । त्योभन्दा अगाडि प्रशिक्षक भएर काम गरेका थिएनन् । मात्र कोठाभित्र सीमित थियो उनको नृत्य । केही अवार्ड सम्मान कार्यक्रमहरुमा भने स्टेज शो गरिरहेका थिए । त्यही माध्यमले उनलाई प्रशिक्ष बन्नका लागि विश्वास दिलायो । बल्ल उनीभित्र एउटा आशा पलायो । अब म पनि नृत्यमा केही गर्न सक्छु, प्लेटफर्मले विश्वास गर्न थाले । एक वर्ष प्रशिक्षक भएर बिताए । धेरैलाई आफ्नो क्षमताअनुसार प्रशिक्षण दिए । त्यही बेला कभर भिडियोहरु बनाउन थाले । उनले निर्माण गरेका कभर भिडियो भाइरल भयो । द्द ब्ः वेष्टर्न गीतको कभर भिडियो बनाए । त्यसपछि ऋचयगकज र मनमगन नेपाली कभर भिडियो बताए । यी भिडियोहरु उनले अनुमति लिएर निर्माण गरेका थिए । भिडियो निकै भाइरल भयो । त्यो सँगै उनको चर्चा पनि शिखरमा पुग्यो । सबैले राहुल शाह भनेर खोज्न थाले । उनीसँग काम गर्ने सोचले धेरै उनका पछि लागे । त्यही बेलामा उनी आफ्नै डान्स स्टुडियो संचालन गर्न थाले ‘भाइव एण्ड वेभ’ । यही डान्स स्टुडियोबाट काम गर्दै अफिसियल भिडियोहरुमा निर्देशन र कोरियोग्राफ गर्न अफर आउन थाल्यो ।

कभर भिडियोबाट राम्रो कमाइ पनि भयो । सोचेको भन्दा धेरै सफलता मिल्यो । त्यही बखतमा कर्के नजर, ओइ तिम्रो छ कि छैन कोही, रेवन चस्मा, बरिखा जस्ता गीतहरु यतिबेला करोड क्लबमा छ । दुई दर्जनभन्दा बढी भिडियोमा कोरियोग्राफ गरेका राहुलले चलचित्रमा पनि काम गरेका छन् । ए मेरो हजुर ३ को ‘चिट डे’ र ‘जिन्दगी नै भन्दिनँ’ गीतको कोरियोग्राफ उनले नै गरेका थिए । चलचित्र एउटा गीतको कोरियोग्राफ गर्दा ५ लाखभन्दा बढी पारिश्रमिक लिएका छन् भने म्यूजिक भिडियोको कोरियोग्राफ गर्दा ३ लाखभन्दा बढी लिएर काम गरेका छन् । अब नयाँ चलचित्रमा ७ लाख पारिश्रमिक लिएर एउटा गीतको कोरियोग्राफ गर्दैछु उनले भने– ‘भाइभ एण्ड वेभ’ संचालन गरेपछि विद्यार्थीहरुलाई नै समय दिनुपर्ने व्यस्तताले अफिसियल भिडियो र चलचित्रमा काम गर्न पाएको छैन ।’ उनको चर्चासँगै उनीसँग सहकार्य गर्न चाहने धेरै छन् । उनले काम गरेपछि करोड क्लबमा परेको गीत ओइ तिम्रो छ कि छैन कोही गीतको भाग २ निर्माण हुँदैछ । माया ओ मायाको रिमेक भर्सनमा उनले ३ लाख लिएर काम गरिरहेका छन् ।

उनको क्षमताको यतिबेला सबैले चर्चा गर्छन् । तर यो ठाउँमा आइपुग्दासम्म उनलाई सपोर्ट गर्नेहरु भने भेटेका थिएनन् । उनी कोठामा एक्लै नाच्दा पागल भन्नेहरु आज चकित परेका छन् । पारिवारिक पृष्ठभूमि सामान्य भएका कारण बाहिरबाट सहयोग नपाएको दिन सम्झिँदै भन्छन्– ‘जिन्दगीको संघर्ष मेरा लागि विश्वविद्यालय बनिसकेको छ ।’ तर उनलाई जिन्दगीमा यो ठाउँसम्म ल्याउनका लागि सहयोग गर्ने एक व्यक्ति बाँचुन्जेलसम्म कहिल्यै बिर्सने छैनन् । मध्यबानेश्वरमा नृत्य सिकाइरहँदा भेट भएको एकजना व्यक्तिको सहयोगले आफ्नै इन्स्टिच्यूट खोल्न सफल भएका थिए । उनीसँग आँट थियो तर पैसा थिएन । क्षमता थियो तर देखाउने ठाउँ थिएन । त्यही बेला मुभेन्ट डान्स स्टुडियोमा आफैं प्रशिक्षण दिइरहेकी एक जना व्यक्ति हेमा अधिकारी उनको जीवनको भगवान बन्न सफल भइन् । उनी ःबकजचभत्र द्यबलप ल्भउब िद्यचबलअज को ऋजष्भा ऋयगलतचथ च्भउचभकभलतष्खभ रहिछन् । उनको क्षमता देखेपछि यो केटाले केही गर्छ भन्ने सोचेर हेमाले नै आफ्नै स्टुडियो खोल्नु हुन्न भनेर सोधेपछि आफ्नो यथार्थ बताएका थिए । त्यसपछि हेमाले आफ्नै स्टुडियो खोल्नुस् म सहयोग गरुँला भनेपछि उनकै सहयोगबाट ‘भाइव एण्ड वेभ’ को स्थापना भएको थियो ।

चार वर्षदेखि ‘भाइव एण्ड वेभ’ संचालन गरिरहेका राहुल शाहले यतिबेला पनि २५० भन्दा बढी विद्यार्थीलाई नृत्य सिकाइरहेका छन् । नाम चलेका सेलिब्रेटीहरु उनको विशेष कक्षाहरु लिइरहेका छन् । चार वर्षको अवधिमा चार हजारभन्दा बढीलाई दक्ष बनाइसकेका छन् । उनीसँग प्रशिक्षण लिइरहेकाहरु उपत्यकामा धेरै नृत्य सिकाउने ठाउँहरु खोलेर व्यवसाय गरिरहेका छन् । हजारौंलाई दक्ष बनाइसकेका उनले प्रशिक्षण दिएकी नायिका एलिशा शर्मा यतिबेला अभिनेत्रीका रुपमा परिचित छन् । उनी आफैं नै विद्यार्थीलाई शिक्षा दिनुपर्छ, कुनै पनि एसिस्टेन्ट राख्नु हुँदैन भन्छन् । ‘जो विद्यार्थी मसँग सिक्न आएको छ उसलाई एसिस्टेन्टले सिकाउने हुँदा नसिक्न पनि सक्छ, उसको भावना बुझेर गुणस्तरीय शिक्षा दिनु मेरो कर्तव्य हो’, राहुलले भने । पछिल्लो समय योङस्टारको सूचिमा रहेको उनको नृत्य प्रशिक्षण केन्द्र ‘भाइव एण्ड वेभ’मा २५०० सयमा मासिक प्रशिक्षण दिइने गरिन्छ भने ५०० भर्ना फि लिइने गरिन्छ । पुरानो शिवदर्शन हलसँगै रहेको उनको नृत्य प्रशिक्षण केन्द्रमा संख्यात्मक भन्दा पनि गुणात्मकतामा बढी ध्यान दिने गरिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु