• ‘यादका लहरहरु’ को मेल भर्सनमा राज सागरको स्वर

    म्यूजिक खबर
    प्रकाशित: १२ पुष २०७७, आईतवार

    काठमाडौं । ‘यादका लहरहरु’ गीतको मेल भर्सन सार्वजनिक भएको छ । डा. प्रकाश पौडेलको शब्द रहेको गीतमा राज सागरको संगीत र स्वर रहेको छ । गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

    गीतको भिडियोमा नेपाली फिल्मको एक समयका हिट जोडी अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको अभिनय रहेको छ । राजेश र करिश्मा प्रेमील जोडीको रुपमा देखिएको भिडियोलाई प्रविण श्रेष्ठ ‘मोक्ष’ले सम्पादन गरेका हुन् । हरि हुमागाईंको निर्देशनमा तयार भएको भिडियोको छायांकन उत्तम हुमागाईंले गरेका हुन् ।

    गीतको फिमेल भर्सनमा करिब डेढ महिना अघि सार्वजनिक गरिएको थियो । लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको उक्त गीतको भिडियोलाई दर्शक श्रोताले रुचाइदिए पछि मेल भर्सनमा पनि गीत सार्वजनिक गरिएको हो ।

    भिडियो–

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु