राज सेवा र रुकमणी रिजालको आवाजमा डान्सिङ गीत ‘बाडुल्की लाग्यो’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १ भाद्र २०७६, आईतवार

काठमाडौं । युवा पुस्तामा निकै रुचाइएका गायक राज सेवा र गायिका रुकमणी रिजालको आवाजमा सजिएको डान्सिङ भिडियो ‘बाडुल्की लाग्यो’ बजारमा सार्वजनिक गरिएको छ । उक्त गीतमा जिवन बुढाथोकीको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा प्रेमका भावहरुलाई समेटिएको छ । निकै रोमान्टिक गीतको भिडियोमा जिवन बुढाथोकी र गायिका रजिालकै अभिनय रहेको छ । उक्त गीतको भिडिया निर्देशन पछिल्लो समयका निकै ब्यस्त तथा चर्चामा रहेका भिडियो निर्देशक ।

जस बहादुर याक्खाको निर्देशन रहको छ । गीतमा दिपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन र ‘बाडुल्की लाग्यो’ गीतको भिडियोमा कोरियाग्राफि सन्देश धिमालको रहेको छ । उक्त गीतको भिडियोलाई हाइलाइस नेपालको युट्युब च्यानबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु