राज सिग्देल को ‘के भयो र तिमीलाई’ सार्वजनिक ! (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७५, मंगलवार
काठमाण्डौ। नेपालको आधुनिक संगीतमा यही भावको नयाँ गीत ‘के भयो र तिमीलाई’ सार्वजनिक भएको छ । डि प्रोडक्सनले तयार पारेको गीत र म्युजिक भिडियो पूर्व संचारकर्मी देवेन्द्र क्षेत्रीले बजारमा ल्याएका हुन् । गीतमा स्वर राज सिग्देलले भरेका छन भने संगीत अर्जुन पोखरेलको रहेको छ ।
क्षेत्रीकै शब्द रचना रहेको ‘के भयो र तिमीलाई’ गीतको म्यूजिक भिडियोमा मेलिसा खतिवडा, पुरुषोत्तम भट्टराई, सुदीप पौडेल र रुबीना तामाङको अभिनय रहेको छ । सरोज अधिकारीको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन भिम विश्वकर्माले गरेका छन् ।
क्षेत्रीको यो दोश्रो गीत हो । यसभन्दा अगाडि उनले प्रमोद खरेलको आवाजमा गल्ती भो नामक गीत बजारमा ल्याएका थिए ।
 
‘के भयो र तिमीलाई’ भिडियो:

गायिका देवी घर्तिमगर र गायक अजय तामाङको आवाजमा ” एउटा डर छ ” भिडियो सहित

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु