राजको ‘तिमीलाई हेर्ने आँखा’

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७६, बुधबार

१८ बैशाख, काठमाडौ । गायक राज रोकाले आफ्नो नयाँ गीत ‘तिमीलाई हेर्ने आँखा’ को भिडियो सार्वजनीक गरेका छन । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभाव प्रस्तुत गरिएको छ ।

बिगत डेढ दशकदेखि बिभिन्न देशमा सांगीतिक कार्यक्रम आयोजनाका साथै गायन प्रस्तुति दिदै आइरहेका गायक राजको यस गीतको भिडियोको निर्देशन र सम्पादन असिम चित्रकारले गरेका हुन् ।

भिडियोमा बिपना थापा, सागर खनाल र प्रशेस कार्कीले अभिनय गरेका छन् । गुन्जन स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज राजु इशानले गरेका हुन् ।

नारायण जिसीले खिचेको भिडियो निर्माणमा ओम स्टुडियोले सघाएको छ । ओएसआर डिजिटलबाट सार्वजनीक भिडियो दर्शकले मन पराउने बिश्वास गायक राजको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु