• म गुलामीमा विश्वास गर्दिनँ : ठकुरी

    म्यूजिक खबर
    प्रकाशित: ३ भाद्र २०७१, मंगलवार

    काठमाडौं, ३ भाद्र । अब छिट्टै लोकदोहोरी बजारमा ल्याउने तयारीमा जुटेका राजनले मौलिकतालाई ध्यान दिएर स्रोताहरुको मागअनुसार गीत गाउने भएका छन् । उनले लोकदोहोरी जति गाए प्राय सबैले उनको उचाइमा इँटा थप्दै गएको थियो । एकाएक गायनको चर्चाले चुलिँदै गएका गायक राजन पछिल्लो समय फेरि हराएकै जस्तो भए पनि गीतसंगीतको क्षेत्रमा भने उनी क्रियाशील नै छन् । तर पछिल्लो समय एकाएक चर्चाबाट किन हराउनुभयो भन्ने प्रश्नमा उनी भन्छन् ः म कसैको गुलामीमा विश्वास गर्दिनँ, यदि मेरो सिर्जना सबल छ भने मलाई पुग्छ । चाकडीमा नलाग्ने र आफ्नो सिर्जनामा विश्वास गर्ने गायकका रुपमा चिनिने गायक ठकुरी आफ्नो सिर्जना बलियो छ भने चर्चाका लागि कसैलाई गुहार्नु पर्दैन भन्छन् । हिजोका दिनमा जसरी मेरा सिर्जना सफल भएका थिए त्यसैगरी आगामी दिनमा पनि मेरो सिर्जनाले सफलता पाउनेमा मैले विश्वास लिएको छु, गायक ठकुरीले भने ।
    गायक राजन ठकुरी यतिबेला नयाँ एल्बमको तयारीमा जुटेका छन् । सिमसिम पानी, हातमा लाग्यो शून्य, बादल भित्र जुन छलगायतका दर्जनभन्दा धेरै चर्चित लोकदोहोरी गाइसकेका ठकुरीले पछिल्लो समय आधुनिक गायनतर्फ मोडिएका छन् । केही समय पहिला मात्र आधुनिक गीतिएल्बम परीक्षा लिएर बजारमा आएका उनी आधुनिकबाट भने सोचेजस्तो स्थान पाउन सफल भएनन् । आफ्नै संगीत र स्वरमा बजारमा आएको परीक्षाले उनलाई परीक्षा लिएपछि पुनः उनी लोकदोहोरी गायनमै आफ्नो स्थानलाई उचाइ दिन लागेका हुन् । त्यसो त गायक राजन ठकुरी एउटा राम्रो संगीत संयोजक पनि हुन् भने राम्रो शब्द सिर्जना गर्न सक्ने रचनाकार पनि हुन् । पछिल्लो समय चर्चायोग्य गीत बजारमा आउन नसक्नुको पछाडि उनी एकातिर लोकदोहोरी साँझको व्यवसायमा लाग्नु र अर्कोतिर होस्टल संचालन गर्नेतर्फ केन्द्रित हुनुले पनि उनलाई समय नमिलेको हो । बागलुङ कालिका दोहोरी साँझका संचालक समेत रहेका गायक ठकुरी आफू लोकदोहोरीमै क्रियाशील रहेकाले व्यावसाय पनि गीतसंगीतकै क्षेत्रसँग सम्बन्धित भएको बताए ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु