• सावित्रीको ‘रातो सारी फरर’ (भिडियोसहित)

    म्यूजिक खवर
    प्रकाशित: ११ भाद्र २०७६, बुधबार

    काठमाडौं । नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा तिज सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । यही अवसरमा पारेरर गीतकार सावित्री गौतमले तीज गीत ‘रातो सारी फरर’ बजारमा ल्याएकी छिन् । स्वयंम गौतमको शब्द रहेको उक्त गीतमा राजेन्द्र बजगाई र वेनिसा पौडेलको स्वर रहेको छ भने सोही गीतमा गायक बजगाईको संगित रहेको छ । उक्त गीतमा तीजको दर खाने, हार लगाउने र रातो सारी फरर पारेर माईतीघरमा रमाईलो गर्ने लगायतका बिषय समेटिएको छ ।

    गीतले पहिलाका तीजहरुमा हुने गरेका परम्परा लोप हुँदै गएको र तीजमा मौलिकता देखाउनुपर्ने प्रति समेत संकेत गरिएको छ । गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । र सोही भिडियोमो कमल सिंह, बिशेष गौतम, अनु पराजुली र संस्कृती रिजाल लगायतको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु