राजेन्द्र बजगाईंको ‘कसैलाई खुशी धेरै’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७६, आईतवार

काठमाडौ । गायक राजेन्द्र बजगाईंको स्वरमा रहेको सन्देशमुलक गीत ‘कसैलाई खुशी धेरै’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा दीपक आचार्य ‘जलन’को रचना, रहेको सोही गीतमा गायक राजेन्द्र कै सङ्गीत रहेको छ भने मोहित मुनालको सङ्गीत संयोजन रहेको छ । ‘कसैलाई खुशी धेरै’ बोलको गीतको भिडियोलाई प्रहिल कार्कीको निर्देशन गरेका हुन भने सोही गीतको भिडियोमा सन्दिप श्रेष्ठको जिवन्त अभिनय रहेको छ ।

उक्त गीतलाई अखिल बास्कोटाले छायाँकन गरेका हुन भने सोही गीतको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन । ‘हामीले यसपाली फरक खालको गीत दर्शकमाझ ल्याएका छौ, आशा छ सबैले मनपराई दिनुहुनेछ’ गायक बजागाईले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु