लोकराज, लक्ष्मण र उदयका जीवन भोगाईमा ‘‘ब्यर्थै रहेछ’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं । चर्चित गीतकार लोकराज अधिकारीले यतिखेर आफ्नै जिन्दगीको कथा लिएर आएका छन् । जिन्दगीको भोगाईबाट जन्मिएको शब्द लिएर उनले जिन्दगीमा तेरो मेरो भन्नु नै व्यर्थै रहेछ सबैले एक दिन मर्नै पर्ने रहेछ भनेर जीवनभोगाईमा समर्पित भएका छन् । लोकराज अधिकारीको शब्द र उदय सोताङको स्वर रहेको गीत ‘ब्यर्थै रहेछ’बोलको गीत सार्वजनिक भएको छ । लक्ष्मण शेषको सङ्गीत र योगेश काजीको एरेञ्ज रहेको गीतलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन । भिडियोमा राजेश हमाल र शिलाषमा हमाललाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु