राजेश हमालले करिश्मालाई ‘चट्ट बसम देउरालीमा’ भनी बोलाएर राखे प्रेम प्रस्ताव (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७६, सोमबार

काठमाडौँ । महानायक राजेश हमाल र लोकप्रिउ सुन्दरी नायिका करिश्मा मानन्धरको जीवन्त अभिनय रहेको गीत ‘चट्ट बसम देउरालीमा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजेश र करिश्मा अभिनित एक समयको सफल चलचित्र साथीको चर्चित गीत “मलाई पनि अंग्रेजीमा बोल्न सिकाईदेउन”को स्मरण गर्दै कथात्मक शैलीमा सुरु गरीएको यस गीतमा राजेशले करिश्मालाई आँफुले अँग्रेजी सिकेको कुरा स्मरण गराएको र राजेशले प्रेम प्रस्ताव राखेको दृश्यलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ ।

उक्त गीतमा दीपक शर्माको शब्द र संगीत रहेको गीतमा नेपाली गजल र सुगम संगीतमा लामो समय बिताएका भिम चापागाईंले गायिका मेलिना राईसंगको युगल गायनमा तयार गरेको डान्सिङ बिटको गीतमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन रहेको छ । उत्सब दाहालले छायांकन गरेको उक्त गीतको भिडियोलाई अच्युत बजागाइले सम्पादन गरेका छन् । कुनै समय चलचित्रमा एकसाथ काम गरेर वाहवाही पाएको यो जोडीले फेरी एकसाथ काम गर्दा गीतले फिल्मकै झल्को दिएको कतिपयले प्रतिक्रिया दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु