नेपाली सेनासँगै राष्ट्रियता जगाउँदै राजेश हमाल र नरहरी प्रेमी

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७८, बुधबार
rajesh-hamal narahari-premi

काठमाडौं । राष्ट्रभावनाले ओतप्रोत भएको गीत ‘मेरो देश’ सार्वजनिक भएको छ । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर र नरहरी प्रेमीको संगीत रहेको गीतलाई टि.आर पंगेलीले लेखेका हुन् । गीतमा कमल सौरागको एरेन्ज रहेको छ भने उक्त गीतलाई सन्तोष पौडेलले रेर्कडिङ तथा मिक्सीङ गरेका छन् । अंग्रेजी सबटाइटल समेत भएको गीतको भिडियोलाई अजय रेग्मीले छायांकन एवम् राज कुमारले सम्पादन गरेका छन् ।

म्युजिक नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको गीतको भिडियोलाई राज कुमारको निर्देशन एवम् राजकुमार दर्जीले कोरियोग्राफी गरेका हुन्।

राष्ट्रभक्तिको सद्भाव जगाउने गीतको भिडियोमा महानायक राजेश हमालको मुख्य भुमिका रहेको रहेको छ भने नरहरी प्रेमी,नेपाली सेनाका क्यापटन डि.एन श्रेष्ठ विशेष भुमिकामा देखिएका छन् । त्यस्तै बसन्तराज रिजाल, नवराज पौडेल,निना बुढाथोकी,जगदीश अधिकारी,लायल लम्साल,आदर्श बानियाँ लगाएत कलाकारको अभिनय संगै नेपाली सेनाहरु लाई पनि देख्न सकिन्छ । यसै गीत मार्फत बाल कलाकार लायल लम्सालले डेब्यु गरेका छन् । भिडियोको निर्माण संयोजक समिर नेपालले गरेका हुन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु