राजेश पायल राइको “चटक्कै” सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ९ आश्विन २०७६, बिहीबार

काठमाडौं । लोेकप्रिय गायक राजेश पायल राइको “चटक्कै” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । संसार चटक्कै छोडेर जाने कुरा र पापी कालले नमानेको कुरा समावेश गरिएको उक्त गीतमा उत्तम बिचारको शब्द रहेको छ । सोही गीतमा रिमेश कुमारको संगीत रहेको छ भने कृष्ण बिक भान्जाको एरेंज रहेको छ । “चटक्कै” बोलको गीतको भिडियोलाई अशोक विकले निर्देनश गरेका हुन् भने सोही गीतको भिडियोमा आशिष कुँवर र सुष्मा अधिकारीको अभिनय रहेको छ । एक माया गर्ने जोडीलाई प्रस्तुत गरिएको भिडियोमा कुँवर र सुष्मालाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ ।

उक्त गीतको भिडियो बिरेन्द्र भट्टले छाँयाकन गरेका हुन् भने सोही गीतको भिडियोलाई रविन बिकले संपादन गरेका हुन् । “चटक्कै” बोलको गीतलाई ओएसआर डिजिटलको युटयुबबाट सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु