• राजेशपायल राईको ‘खै के भयो’

    म्यूजिक खबर
    प्रकाशित: १५ भाद्र २०७७, सोमबार

    काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईको आवाजमा खै के भयो सार्बजनिक भएको छ । रमेश मगरको शब्द संगीतमा तयार भएको गीत सन्तोष डुमी अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।

    केही बर्षदेखी बैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा बसोवास गर्दै आएका गीतकार रमेश मगरले सुस्त हावा, नसम्झाउ अतितका ति तिता पल लगायतका गीतमा शब्द संगीत दिईसकेका छन् ।

    सार्बजनिक गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन् । चर्चित प्रांकस्टार एलिस राई, नग्मा श्रेष्ठ, निनाहाङ राई अभिनित गीतको भिडियोलाई धन खालिङ र श्री थापाले खिचेका हुन् भने धन खालिङले नै सम्पादन गरेका हुन् ।

    आफुले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस भिडियोलाई किशन भुषालले कोरियोग्राफि गरेका हुन् । जस्केको क्रियसनको प्रडक्सनमा तयार भिडियोलाई गायक तथा संगीतकार सन्तोष डुमीले निर्देशन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु