• राजेशपायलले गरे पहिलो पटक छोराको तस्बिर सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १४ मंसिर २०७९, बुधबार
    Rajeshpayal Rai

    काठमाडौं । चर्चित गायक राजेशपायल राईले आफ्ना छोराको तस्बिर सार्वजनिक गरेका छन् । अहिलेसम्म विवाहको औपचारिक पुष्टि नगरेका राजेशपायलले बुधबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमार्फत छोरोको तस्बिर सार्वजनिक गरेका हुन् ।

    नेपाली सांगीतिक क्षेत्रका मेगास्टार रुपमा चिनिएका राजेशपायलले आफ्नो पहिलो सन्तान छोराको नाम सायारेम राखेका छन् । बुधबार सायारेम पाँच महिना पूरा भएर ६ महिना लागेको अवसरमा राजेशपायलले उनको तस्बिर सर्वजनिक गरेका हुन् ।

    सार्वजनिक तस्बिरमा राजेशपायल राई आफैँ भने देखिएका छैनन् । उनले दाजुका छोरी राइसासँग सायारेमको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘फस्ट राइस फिडिङ पास्नी, दिदी राइसासँग सायारेम ।’

    केही समयअघि नै राजेशपायलले साङबुङ राईसँग विवाह गरेको हल्ला चलेको थियो । तर, उनले आफूलाई ‘अविवाहित’ भन्दै आएका थिए । त्यतिबेलै साङबुङले बच्चासहित आफू राजेशपायलको पत्नीका रुपमा सार्वजनिक गरे । त्यसपछि ‘राजेशपायल अविवाहित बच्चाको बाबु बनेको’ खबर बाहिरिएको थियो ।

    राजेशपायलले ती समाचारको खण्डन गर्दै आएका थिए । अहिलेसम्म पनि उनले आफ्नो विवाहको औपचारिक घोषणा गरेका छैनन् । तर, छोरोको तस्बिर शेयर गरेसँगै अब आफू विवाहित भएको कुरा अनौपचारिक रुपमा घोषणा गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु