दयाहाङ र एलिसाको माया देखेर राजेशपायल किन हुरुक्कै भए ? (भिडियो हेर्नुहोस्)

म्यूजिक खबर
प्रकाशित: १८ माघ २०७६, शनिबार
Rajesh Payal Rai

काठमाडौं । लोकप्रिय अभिनेता दयाहाङ राई र मोडल एलिसा राईको मायाप्रेम देखेर गायक राजेशपायल राई किन हुरुक्कै भए ? फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे नजिकिँदै जाँदा राजेश पायल राई उनीहरुको मायाप्रेम देखेर हुरुक्कै भएका हुन् ।

गायक राजेश पायल राईको ‘सेवान्ने’ एल्बमको ‘हुरुक्कै भएँ म’ बोलको गीतको म्युजिक भिडियो आज एक कार्यक्रमका माझ सार्वजनिक गरिएको छ । सोही म्यूजिक भिडियोमा देखाइएको दयाहाङ र एलिसाको मायाप्रेमसँगै गायक राईको स्वरले सबैलाई हुरुक्कै बनाउने पक्का छ ।


‘दर्शन नमस्ते इन्टरटेनमेन्ट प्रा.लिको युट्युव च्यानलबाट सार्वजनिक गरेको म्युजिक भिडियोमा अभिनेता दयाहाङ राई र एलिशा राईले अभिनय गरेका छन् । म्युजिक भिडियोमा दयाहाङ बोल्न र सुन्न नसक्ने युवकको भूमिकामा देखिएका छन् भने एलिशा राई एक शिक्षिकाको भूमिकामा छिन् । गीतमा शब्द राजन मुकारुङको रहेको छ भने संगीत दिनेश काजी वान्तावाले भरेका छन् । म्युजिक भिडियोलाई भूपेन्द्र तुम्बाम्फेले छायांकन गरेका छन् । त्यस्तै भिडियो निर्देशन किरण चाम्लिङ राई र सम्पादन अनिल रानाको रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु