• गायिका रजिना रिमाल दम्पत्तीलाई कोरोना संक्रमण

    म्यूजिक खबर
    प्रकाशित: १९ आश्विन २०७७, सोमबार

    काठमाडौं । गायिका रजिना रिमाल र उनका पति विनोद श्रेष्ठलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । आफुमा कोरोना संक्रमण देखिएको बारे गायिका रिमालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा आफु र पतिमा कोरोना पोजेटिभ देखिएको बताउदै आफूहरुसँग सम्पर्कमा आएकाहरु सबैैलाई सुरक्षित रहन र आसोलेशनमा बस्न आग्रह गरेकी छिन् ।
    संक्रमण भएको पुष्टीको जानकारी दिएको पोष्टको १३ घण्टा पछि उनले अर्को पोष्ट गरेकी छिन् । छोरा र श्रीमानसँगको फोटोसँगै उनले चाँडै यो चुनौतीमा विजय प्राप्त गर्ने लेखेकी छिन् ।

    गायिका रिमालले ‘नाई नभन्नु ल को शिर्ष गीत, मर्ने कसैलाई रहर हुँदैन, पागल म बन्न सक्छु, म मर्ने बेला तिमी चै आउनु’ लगायतका गीतहरु गाएकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु