रामकुमार कार्कीको “जे गरेनी चल्यो” (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

दर्शकहरुको मन मुटुमा बस्न सफल गायक तथा सर्जक रामकुमार कार्कीले फेरी अर्को “जे गरनी चल्यो” बोलको गीत बजारमा लिएर आएका छन् । गीतमा रामकुमार कार्की र पार्वती कार्कीको सुमधुर स्वर रहेको छ । रामकुमार पौडेल द्वारा लय तथा शब्द सृजनाले सजिएको “जे गरेनी चल्यो” बोलको गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, रामचन्द्र बोहरा, खेम घर्ति र बिनोद कार्कीको यथार्थ परक अभिनय रहेको छ । भिडियोलाई निर्देशन रबिन शाहले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन अभिनाश दि.सी ले गरेका छन् । समाजमा कुनै न कुनै सकारात्मक भाव अनुसार नेतृत्व तहबाट राष्ट्रमा भएगरेका बिकृति र विसंगतिलाई व्यंग्यात्मक प्रहार गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु