‘रेडिय्म बेन्ड’ का भोकलिस्ट उदयमान गायक राजु चौधरीको निधन

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार
raju chaudhari गायक राजु चौधरी

काठमाडौं । झापाको बिर्तामोडको ‘रेडिय्म बेन्ड’ का भोकलिस्ट, उदयमान गायक राजु चौधरीको निधन भएको छ ।

उनी ब्लड क्यान्सरबाट ग्रसित थिए ।

उनको शुक्रबार निधन भएको ‘द स्याडोज नेपाल’का गायक स्वप्निल शर्माले जानकारी दिए ।

राजुको उपचारका लागि आर्थिक सहयोग संकलन गर्ने अभियानलाई पनि स्वप्निलले नेतृत्व दिइरहेका थिए ।

हाल स्वप्निलले आर्थिक सहयोग बन्द गरिदिन आग्रह गरेका छन् ।

राजुलाई थप उपचारका लागि १० दिन अघि भारतको दिल्लीस्थित बीएलके–म्याक्स अस्पताल पुर्याइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु