
काठमाडौं । चर्चित गायक मंगोलियन हर्ट राजु लामाको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक गरिएको छ ।
कुमार स्याङग्बाको शब्द रचनालाई निमा लामा दोङले संगीत भरेको गीत तिमी विनाको साथमा मंगोलियन हर्ट राजु लामासँगै गायिका निर्मला घिसिङको पनि स्वर समावेश छ ।
दोलखाको पर्यटकीय स्थल कालिञ्चोक आसपास बढि लगानीमा छायाँकन गरिएको गीतमा आसमान तामाङ वाईबा र अमिता दोङको अभिनय रहेको छ ।
अजय स्याङताङले निर्देशन गरेको गीतलाई विक्रम मोक्तान र चक्र महर्जनले खिचेका हुन् । आसमानसँगै विना घलानको लगानी गीतमा रहेको छ ।
मंगोलियन हर्ट राजु लामाले धेरै समयको अन्तरालमा ‘तिम्रो साथ बिना’ बजारमा ल्याएका हुन् । दोलखाको पर्यटकीय संभावनालाई ध्यानमा राखेर कालिञ्चोकमै छायाँकन गरेको निर्माण पक्षले जानकारी दिएका छन् ।