रमेश र राजुको ‘सुन्दर फूल’ लाई तारिफ

म्यूजिक खबर
प्रकाशित: १८ जेष्ठ २०७८, मंगलवार
raju-lama राजु लामा र रमेश दहालको ‘सुन्दर फूल’

काठमाडौं । मङ्गोलियन हर्टका गायक राजु लामा र गीतकार रमेश दहालको सहकार्यमा ‘सुन्दर फूल’ बोलको गीत रिलिज भएको छ । गीतलाई छोटो समयमा धेरै दर्शक श्रोताले हेरेका छन् । दर्शकको संख्या बढेसँगै गीतले सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ । अधिकांश प्रतिक्रियामा गीतको शब्द र स्वरको तारिफ भएको छ ।

‘सुन्दर फूल’ बोलको गीतमा स्वरसँगै संगीत पनि गायक राजु लामाकै रहेको छ । पर्पल स्टुडियो, नक्सालमा रेकर्डिङ भएको गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन् । सुमन खड्काले मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियोलाई बृजेन्द्रले सम्पादन गरेका हुन् ।

मानिसको जीवन अमूल्य छ त्यसैले अकाल र अनिकालमा कसैले मर्न नपरोस् भन्ने आग्रह गीतमा गरिएको छ । एउटा सुन्दर फूलले जसरी फूलेर सुगन्ध छर्ने मौका पाउछ, त्यसै गरी सबै मानिसले जीउन पाउनु उसको अधिकार हो भन्ने प्रसंगमा गीत लेखिएको छ । गायक राजु लामाको युट्युब च्यानलबाट रिलिज भएको लिरिकल भिडियोमा थुप्रै कमेन्ट छन् । अधिकांश कमेन्ट गीतको पक्षमा लेखिएका छन् ।

‘गीत समय सान्दर्भीक छ जस्तो लागेको छ’ गीतकार रमेश दाहाल भन्छन्, ‘अहिलेसम्म आएको कमेन्ट हेर्दा दर्शक तथा स्रोताले रुचाइरहनुभएको छ जस्तो लाग्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु