• राजु परियारले शान्ति श्रीलाई ‘नबोलाउ है’ भनेपछि

    म्यूजिक खबर
    प्रकाशित: ६ कार्तिक २०७६, बुधबार ००:४०

    काठमान्डौँ । लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परियारको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत ‘नबोलाउ है’ गीतको भिडियो बजारमा आएको छ ।

    नविन विरही श्रेष्ठको शब्द तथा पुर्ण संयोगको संगीत गीतमा रहेको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

    महेश महरा र प्रतिक बहादुर श्रेष्ठको छायाँकन , चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘नबोलाउ है’ गीतको भिडियोमा नविन विरही श्रेष्ठ र रञ्जिता तामाङ को निकै भावुक अभिनय रहेको छ ।
    ‘नबोलाउ है’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु