राजु परियार र पूजा क्षेत्रीको ‘केमा चित्त दुख्यो मयालै’

म्यूजिक खबर
प्रकाशित: ६ श्रावण २०७७, मंगलवार
Raju Pariyar

काठमाडौं । गायिका पूजा क्षेत्रीले यस बर्षको तीजलाई लक्षित गरी ‘के मा चित्त दुख्यो मयालै’ सार्वजनिक गरेकी छन् । गायक राजु परियार र पूजा क्षेत्रीको स्वर रहेको यो गीत यतिबेला भने सामाजिक संजाल टीकटकदेखि यूटूवमा पनि धेरैको रोजाई बनेको छ । शिव हमालको लय तथा शब्दमा रहेको यो गीत एक्सिस् मिडिया इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

गीतको भिडियोमा मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको नृत्य रहेको छ । भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् भने प्रबिन भट्टको सम्पादन रहेको छ । सुर्खेतमा जन्मिएकी पूजा क्षेत्री हाल काठमाडौंमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । उनले १६ भन्दा बढी एल्बममा २४ भन्दा बढी गीतमा आवाज दिइसकेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु