दमाइको छोरोपछि राजु परियार र टीका पुनको उत्कृष्ट दोहोरी ‘भमरालाई आश लाउनी’

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७७, मंगलवार

काठमाडौं । गायक राजु परियार भन्ने वित्तिकै लोकदोहोरी क्षेत्रको राजा नै मान्ने गरिन्छ । त्यसो त लोकनायकको परिचयसमेत पाइसकेका राजु परियारले पछिल्लो समय गाएको लोकदोहोरी गीत ‘दमाइको छोरो’ सबैतिर तारिफ मात्र बटुल्न सफल भएन कि चर्चित भाकाको रुपमा पनि स्थापित बन्यो । त्यसपछि उनको लाइभ दोहोरीले पुनः पछिल्लो पुस्तामा पनि राज गर्न सफल भएको हो । आलाप स्टुडियोमा रेकर्ड हुने गरेको प्रत्यक्ष दोहोरी गायनमा उत्कृष्ट बनेको ‘दमाइको छोरो’ पछि आएका दोहोरी मध्ये उत्कृष्ट दोहोरीका रुपमा ‘भमरालाई आश लाउनी’ आएको छ ।

गायक परियारले गायिका टीका पुनसँग गाएको ‘भमरलाई आश लाउनी’को दोहोरी गायनलाई अपलोड गरेको छोटो समयमा नै धेरैले मन पराएका छन् । ‘दमाइको छोरो’ पनि गायिका टीका पुनसँग गाएका थिए गायक राजु परियारले । त्यो गीतको सफलता र चर्चा अझै उत्तिकै कायम छ, अब यो गीतले पनि उत्तिकै चर्चा बटुल्ने विश्वास लिइएको छ । यस गीतको भाका भने गायक, संगीतकार झलक संगीतमको रहेको छ । भिडियोलाई आलाप स्टुडियोको यूट्यूबबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्ः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु