गायक राजु पुरिको पहिलो आधुनिक एल्बम “ओइ सानी” भिडियो सहित बजारमा सार्बजनिक ।

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७६, सोमबार

प्रेम र बिछोड सम्बन्धि कुराहरुलाइ निकै मार्मिक तरिकामा शाब्दिक ढंगले गित संगीतमा उतार्न सक्ने क्षमता भएका शब्द,संकलक तथा मीठो स्वरका धनी राजु पुरिको जन्म लमजुङ जिल्लाको तान्द्राङ टक्सारमा जन्मिनु भएका उहाँको सानैदेखि गायन क्षेत्रमा लगाब थियो । पारिवारिक आर्थिक अनि देशमा भएको बेरोजगारी समस्याका कारण सानै उमेरमा बिदेशिएका उनले विदेशमा रहदा पनि यस क्षेत्रका विभिन्न कार्यक्रमहरुमा सहभागी बनेर आफ्नो सक्रियता जनाउनुहुन्थ्यो । आफ्नो वैदेशिक रोजगारिको समयवधी सकिएपछि पुन स्वदेश फर्केर आफ्नो पहिलो एल्बम “ओइ सानी” बजारमा सार्बजनिक गर्नुभएको छ।
प्रेम र विछोडलाई समेटेर निकै कलात्मक रुपमा प्रस्तुत गरिएको भिडियोमा प्रेम पछिको विछोडलाई समेटिएको छ । मायामा विश्वास घात गर्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
विश्वासको वातावरणमा घात गर्ने प्रेमी प्रेमिकाको अवस्थालाई गीतमा समेटिएको छ । राजु पुरीको शब्द तथा संगीत गीतमा रहेको छ । स्वयम् राजु पुरी र आशा खड्काको बेजोड अभिनय रहेको छ भने बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु