नयाँ लोक दोहोरी गीत ‘खेतमा झुल्ने धान’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २७ माघ २०७६, सोमबार

काठमाडौं । ‘खेतमा झुल्ने धान’ बोलको नयाँ लोक दोहोरी गीतको भिडियोसार्वजनिक भएको छ । राजु परियार र गरिमा बिरहीको स्वर रहेको उक्त गीतको भिडियोमा आशिष्मालाई अमेश भण्डारीले साथ दिएका छन् । त्यस्तै गीतमा कृष्ण केसीको शब्द र मौसमी हिमालीको निर्देशन रहेको छ । करण चाईसिरले छायांकन गरेको यस गीतमा कुमार रानाको मिक्सिङ ,मास्टरिङ रहेको छ ।

मारुनी डिजिटलमा रेर्कडिङ गरिएको गीतलाई बिहिबार आफ्नो मनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । विवाहपछि कला क्षेत्रबाट पलायन जस्तै भएकी आशिष्माको विवाहपछिको यो पहिलो म्युजिक भिडियो हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु