राजु र सबिताको ‘टिका र जमरा’ मा मौलिकताको सन्देश

म्यूजिक खबर
प्रकाशित: ११ आश्विन २०७६, शनिबार

काठमाडौं। नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक राजु परियारको साथमा लोकदोहोरी गायिका सबिता परियारले नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको अवसर पारेर ‘टिका र जमरा’ नामक गीत ल्याएकी छन् । गायिका परियार आफैले शब्द सिर्जना गरेको गीतमा बहुचर्चित गायक परियारले उनलाई समधुर आवाजमा साथ दिएका छन् ।

त्यस्तै मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत भने रमेश परियारको रहनुका साथै डोलराज बाह्रघरेले एरेन्ज गरेका हुन् । राजकुमार मगरले गीतको भिडियो निर्देशन गरेका छन् भने सागर गौतमको छायांकन तथा निर्देशक मगरले नै सम्पादन गरेका छन् । उक्त भिडियोमा निरुता बिश्वकर्मा, प्रमस्शा मगर, सुरज गुरुङ र शरद लाम्घाडेले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई टिका सानुको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । विभिन्न गीतले सांगीतिक क्षेत्रमा फड्को मारेसँगै गायिका सविताले पनि मौलिक लोक संस्कृतिको मुलधारमा रहेर यस गीत बजारमा ल्याएको बताइन् । पछिल्लो समय लोक संगीत क्षेत्रमा बिकृती र विसंगतिले उचाइको गती लिइरहेका बेला सबैको रोजाइमा परेका सर्व लोकप्रिय गायक राजु परियारको साथमा देशै भरी गाँजीदै गएको लोक संस्कृती भित्रका विभिन्न बिकृती र विसंगतिलाई आफ्नो यस ‘टिका र जमरा’ गीतले मौलिकताको सन्देश दिने उनले दाबी गरिन् ।

‘धेरै बर्ष अघिदेखि म कलाकारितामा लागेकी हुँ, आफ्नो पेशानै यही भएकाले मौलिकताको संरक्षण गर्नुपर्छ भन्ने धारणाले आफैले शब्द सिर्जना गरेँ, हजारौँ मौलिकताको गीत गाएर सबैको मन मस्तिष्कमा बस्नु भएको लोकप्रिय गायक आदरणीय दाजु राजु परियारले पनि शब्द हेरेपछि गीत गाउन सहजै स्वीकार गर्नुभयो’, उनले भनिन् । देशमा भएको गरिबी र विभिन्न दुखका वेदनालाई गीतको शब्दमा समावेश गरेको गायिका परियारको भनाई छ । गायक परियारले पनि सुरुमै आफुले शब्द हेरेपछि हरेक शब्दमा मौलिकता पाएकोले आवाज दिएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु