‘छमछ्मी नाच्ने कमर भाँच्ने’ तिज गीत (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: २ भाद्र २०७६, सोमबार

नेपाली नारीहरुको महान पर्व तीज नजिकिदै गर्दा तीज सम्बन्धी गीत धमाधम सार्वजनिक भइरहेका छन् सो अवसरमा तिज गीत लिएर कवि,गीतकार,एवं साहित्यकार सुरेन्द्र महर्जन (अमर) को रचनामा रहेको ‘छमछ्मी नाच्ने कमर भाँच्ने’ तिज गीत सार्वजनिक भएको छ । उक्त गीतमा राम कार्कीको संगीत रहेको ‘छमछ्मी नाच्ने कमर भाँच्ने’ तिज गीतमा राम कार्की, सुरेश थापा, अनिता दंगाल र शान्ता कार्कीको स्वर रहेको छ ।

गीतको भिडियोलाई सुरेश थापाले निर्देशन गरेका हुन् भने गीगको भिडियोमा हाँस्यकलाकार सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, किरण नेपाल, भुवन के पोखरेल र अस्मिता कार्की लगायत कलकाहरुको अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई नवराज खड्काले कोरियोग्रफी गरेका छन् भने एसके थापाको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु