काठमाडौं । बाँसुरीवादक एवम् गायक राम सिंहको आवाजमा ‘‘मलाई छेक्यो तिम्रै मायाले’ बोलको गीत सार्वजनिक भएको छ । लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्युजिक भिडिओ NepMelo युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
गीतका शब्द संगीत राम सिंहको नै छ भने संगीत संयोजन योगेशकाजी शाहले गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोमा राम सिंह, योगेशकाजी शाह, स्मृति श्रेष्ठ, अनिता पराजुली र सिर्जना किराँती लगायतको अभिनय रहेको छ । पवन सुशलिङले क्यामेर चलाएका छन् ।
गायक राम सिंहको गायिका अस्मिता अधिकारीसँग गाएको ‘जाउ कतै तिमी र म’ मेलिना राईसँग गाएको ‘पाइला पाइलामा माया’ बजारमा आइसकेको छ । त्यस्तै रचना रिमालसँग ‘पानीको तिर्खा’ र समीक्षा अधिकारीसँग ‘मुग्लिन सिन्धुलीको बाटो’ लगायतका म्युजिक भिडियो बजारमा आउँदैछन् ।