• के–के हुँदैछ रामचन्द्र र जुनुको ‘यो तिहारमा’

    म्यूजिक खवर
    प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार
    Ramchandra Kafle

    काठमाडौं । लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल काफ्लेको स्वरमा रहेको नयाँ तिहार गीत सार्वजनिक गरिएको छ । विशेषगरी तिहार पर्वलाई लक्षित गरी निर्माण गरिएको ‘यो तिहारमा’ बोलको गीत तथा गीतको भिडियो गायक रामचन्द्रकै लगानीमा निर्माण गरिएको छ । भिडियो गायक स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    गीतमा रामकुमार बगरको शब्द रहेको छ भने संगीत रामचन्द्र काफ्लेकै छ । नेपसिने फिल्म स्टुडियोले निर्माण गरेको भिडियोमा पल्पसा डंगोल, वसन्त अधिकारी, सुधीर श्रेष्ठ, चक्र बम, गरिमा श्रेष्ठ, रुविना अधिकारी, अस्मिता पन्तलगायतको अभिनय छ । विधान कार्कीले निर्देशन गरेको उक्त भिडियो उत्सव दाहालको टिमले खिचेको हो । श्याम लामाको मेकअप रहेको भिडियो विकास दाहालले सम्पादन गरेका छन् ।

    यस वर्षको तिहारमा बाहिर देउसी भैलो खेल्ने माहौल नरहेकाले घरमै परिवारसँग रमाइलो गर्न ‘यो तिहारमा’ गीत विशेष बन्ने गायक काफ्लेले बताए । ‘यो वर्ष कोरोना भाइरसका कारण हामी बाहिर निस्किने अवस्था रहेन त्यसैले आफ्नो परिवारका सदस्यहरूमात्र घरमै रमाइलो गर्न यस्तै गीतसंगीतको सहायता लिनुपर्ने अवस्था छ ।

    भिडियोका निर्देशक विधान कार्कीले पनि नेपसिने को प्रोडक्सनमा बन्ने भिडियोहरू केही फरक हुने बताए । पछिल्लो समय लगानीकर्ताले व्यावसाहिक भिडियो खोज्ने भएकाले त्यस्ता कुराहरूलाई मध्यनजर गर्दै भिडियो मेकिङमा आफ्नो कम्पनीले ध्यान दिएको बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु