• रामेछाप सांस्कृतिक कलाकार समाजमा पौडेलको नेतृत्व

    म्यूजिक खबर
    प्रकाशित: १२ श्रावण २०७६, आईतवार २२:१२

    काठमाडौं । रामेछाप साँस्कृतिक कलाकार समाजमा रामकुमार पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समाजको शनिबार काठमाण्डौंमा सम्पन्न १० औ वार्षिक सभा तथा तेस्रो महाधिवेशनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरिएको हो ।

    महाधिबेशनले समाजको वरिष्ठ उपाध्यक्षमा कुमार कार्की, उपाध्यक्षमा रामकुमार कार्की, उत्तम पौडेल र सन्ध्या सानु, महासचिवमा युनिक विफा घिसिङ, सचिवमा सुरज लामा घिसिङ, सह–सचिवमा नविना घिसिङ, कोषाध्यक्षमा गोविन्द प्रसाद गौतम तथा सह–कोषाध्यक्षमा विबश बस्नेतलाई निर्वाचित गरेको हो ।

    यस्तै सदस्यहरुमा गोमादेवी खत्री, रामजी बुढाथोकी, हरिबहादुर काफ्ले मगर, रामचन्द्र बोहोरा, सुरज लामा घिसिङ, कमला खड्का, गुणराज श्रेष्ठ लगायतलाई चयन गरिएको छ । यसैगरी समाजको तेस्रो महाधिबेशनबाट शिवसागर मगरलाई समाजको प्रवक्तामा चयन गरिएको छ ।
    समाजको प्रस्तावक आफै रहेकाले अव त्यसलाई सार्थकता बनाउने दिन आएको बताउदै निर्वाचित अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा समाजले कला क्षेत्रमा निकै प्रभावकारी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु