रमेश परियारको ‘बाध्यताले विदेश पस्या छु’ सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३० जेष्ठ २०७६, बिहीबार

नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल नाम हो रमेश परियार । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १३ ठुलोसिरुवारीमा जन्मिएर विदेशी भुमिमा कर्म थलो बनाएका गायक तथा सर्जक रमेश परियारको ‘बाध्यताले विदेश पस्या छु’ बोलको मार्मीक गीत सार्वजनिक भएको छ । रमेश परियार र कविता दुलालको सुमधुर आवाज रहेको उक्त गीतमा शब्द तथा संगीत स्वयं रमेश परियारकै रहेको छ । सुन्दर लामाको एरेन्ज रहेको उक्त गीतको रेकर्ड स्वरलिपी रेकडिङ स्टुडियोमा गरिएको हो । गीतमा परदेशीएका नेपालीको बाध्यात्मक कथालाई मार्मिक शब्द र लयमा प्रस्तुत गरिएको छ । परदेशीएको श्रीमान विदेशमा बस्दा श्रीमतीको पीडामा हुने छट्पटाहट र गाउँमा श्रीमतीले विदेशीएको श्रीमानको अभावमा जिउनु पर्ने बाध्यात्मक अवस्थालाई गीतमा चित्रण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु