
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बलियो उपस्थिति र माग भइरहेका कलाकार पनि विविध व्यवसायमा प्रवेश गर्न थालेका छन् । हुन त जसको कमाई जति हुन्छ खर्च पनि त्यही अनुपातमा हुने गर्छ । यसकारण पनि कलाकारहरु वैकल्पिक पेशा गर्ने कलाकारको संख्या बढ्दै गएको हुनुपर्दछ ।
वैकल्पिक पेशा अपनाउने कलाकारको पंक्तिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष लोकप्रिय गीतकार रमेश विजी पनि प्रवेश गरेका छन् ।

‘बिजी ग्रीन टि एन्ड बिजि हर्बल चिया’ मार्फत गीतकार बीजी व्यवसायमा होमिएका हुन् । विजीको ‘बिजि ग्रीन टि एन्ड बिजि हर्बल चिया’ हिजो आइतबारबाट बजारमा आएको छ ।
राजधानीमा कार्यक्रमको आयोजना गर्दै प्रोडक्ट सार्वजनिक गरिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजी, पूर्व अध्यक्ष दर्गा रायमाझी, ब्यबसायी अनुपा श्रेष्ठ, समाजसेवी तथा ब्यबसायी पृथ्वी थकाली, लक्ष्मण रायमाझी, पशुपति शर्मा लगायतका कलाकारले चियाको सार्वजनिक गरेका हुन । कार्यक्रममा बोल्दै रमेश बिजीले आफ्नै बिजि ब्राण्डको चिया बजारमा ल्याएको र जसले स्वास्थ्यमा फाईदा गर्ने बताए । उनले भने, ‘गीत संगीतमा जसरी माया गर्नु भएको छ, यस क्षेत्रमा पनि सवैको माया पाउने छु ।’
सांगीतिक जीवनमा सफलताको धरोहरमा पुगेका विजीलाई व्यवसायिक जीवनमा पनि उतिकै सफलता मिलोस्, म्यूजिक खबर परिवारको तर्फबाट हार्दिक शुभकामना ।