• रमेशले ल्याए मर्मश्पर्शी गीत ‘घाम चर्के पनि’

    म्यूजिक खबर
    प्रकाशित: २१ फाल्गुन २०७५, मंगलवार

    काठमाडौँ । गीतकार तथा संगीतकार रमेश कडरियाले आमामा समर्पित र अत्यन्तै मर्मश्पर्शी गीत ‘घाम चर्के पनि’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा नेपाली सुगम संगीत क्षेत्रका निक्कै लोकप्रिय तथा चर्चित गायक शिव परियारको स्वर रहेको छ ।

    गीतलाई कडारिया इन्टरटेनमेन्ट अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो गीतमा रमेश कडारिया को शब्द तथा संगीत रहेको छ । गायक शिव परियारको सुमधुर स्वरमा सजिएको उक्त गीतमाआशिष अविरलले उत्कृष्ट एरेन्ज गरेका छन् । । गीतको भिडियोमा टिकादेवी कडारिया र रमेश कडारियाले अभिनय गरेका छन् । वास्तविक जिवनमा पनि टिकादेवी रमेशकै आमा हुन् ।

    जितेन्द्र राजोपाध्यायले निर्देशन तथा सम्पादन गरेको यस गीतका भिडियोमा आमाप्रतिको माया र आमाको स्नेहलाई निकै राम्रो ढङ्गमा प्रस्तुत गरिएको छ । साथै आमासँग टाढिँदाको पीडालाई दर्साइएको छ ।

    हेर्नुस् भिडियो :

    रमेशको ‘पैसाको रुख’मा रामकृष्ण ढकालको आवाज ! हेर्नुहोस् भिडियो !

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु