अरुको दुखमा मलम पट्टि लगाउन रमेश परियार (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७५, बुधबार

काठमाडौँ । सर्वाधिक लोकप्रिय गायिका विष्णु माझी र गायक विष्णु पाण्डेको ‘बैशाखी’ बोलको गीतको म्युजिक भिडियोलाई भर्खरै मात्र देवी म्युजिक सोलुसनले सार्वजनिक गरेको छ । यस गीतमा स्थायी घर गोर्खा र हाल प्रबासमा रहेका रमेश परियारको शब्द तथा लय सिर्जना रहेको छ । रमेश आफै पनि कसैको दुख पिंडा देख्न नसक्ने स्वभावका छन् । त्यहि स्वभावलाई गीत संगीतको माध्यमबाट अशक्त पिडित वर्गहरुलाई सबै माझ पुर्याएर सहयोग दिलाउने अभियानमा उनि लागेका छन् । सोहि अनुरुप उनले पछिल्लो समय भाइराल भएका जोडी कृष्ण ओली र रुपा ओलीको जिबनी यथार्थता लाई सबै माझ पुर्याउने प्रयास गरेका छन् ।

बास्तविक जिवन भोगाईमा तयार पारिएको गीतमा जिवनका कठिन मोडमा जिवन साथीले दिएको साथलाई निकै मार्मिक रुपमा समेटिएको छ । आफनी प्रेमीकाको सहयोगले गर्दा जिवनमा जिउनको लागी सहज भएको परिवेश लाई गीतमा समावेश गरिएको हो । गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गरेका छन् ।‘ बैशाखी ’ गीतमा सागर थापा र साया भण्डारीको निकै कारुणिक अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु