• रमेश परियारको मौलिक सिर्जना ‘वनमा मैना छ’

    म्यूजिक खबर
    प्रकाशित: २ फाल्गुन २०७८, सोमबार
    Ramesh Pariyar

    काठमाडौं । लोकप्रिय सर्जक रमेश परियारको मौलिक सिर्जनामा तयार भएको गीत ‘बनमा मैना छ’ सार्वजनिक भएको छ । सिर्जनामा अब्बल क्षमता भएका गीतकार तथा संगीतकार रमेश परियारको सिर्जनामा तयार भएको गीत ‘वनमा मैना छ’मा सुनिता बुढा क्षेत्री र कृष्ण बुढाथोकीको स्वर रहेको छ । यस गीतको संगीत संयोजन पछिल्लो समयका चर्चित संगीत संयोजक कृष्ण केसीले गरेका छन् । मारुनी डिजिटलमा रेकर्डिङ भएको गीतको अडियो मिक्सिङ कुमार रानाले गरेका छन् ।

    गीतमा माया प्रेमभित्रका कथालाई सरल तरिकाले प्रस्तुत गरिएको छ । मायाले बिर्सिएको हुँदा एक अर्कामा आरोप प्रत्यारोप गरिए पनि मनभित्र मायाले अड्डा जमाएको कथालाई सरल रुपमा प्रस्तुत गरिएको गीत कर्णप्रिय बनेको छ । गीतको कथाजस्तै भिडियो पनि उत्तिकै सरल बनेको छ । चर्चित कोरियोग्राफर तथा निर्देशक काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भएको भिडियोमा ओबी रायमाझी, लोसिना लामिछाने र याशु भट्टराईको अभिनय रहेको छ । राजेश घिमिरेको छायाँकन रहेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन् । भिडियोलाई सर्जक रमेश परियारको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु