• रमेश र सहिमाको ‘पानी तालमा छ’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार

    काठमाडौं । गायक रमेश श्रेष्ठ ‘मेलोडी’ र गायिका सहिमा श्रेष्ठको नयाँ गीत ‘पानी तालमा छ’ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

    विभिन्न मेला महोत्सब तथा सांगीतिक कार्यक्रमहरुमा अहिलेका अतिनै ब्यस्त गायकको रुपमा ख्याति कमाउन सफल तथा दर्जनौ चर्चित गीतहरु गाएर चर्चा कमाइ सकेका सुमधुर आवाजका धनी गायक रमेश श्रेष्ठ मेलोडी र लोकप्रिय गायिका सहिमा श्रेष्ठको आवाजमा गीत ‘पानी तालमा छ’ को भिडियो सार्बजनिक भएको हो ।

    अमर बहादुर श्रेष्ठको शब्द तथा गायक रमेश श्रेष्ठ मेलोडिको संगीत रहेको छ । यस गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका छन् । सार्बजनिक म्युजिक भिडियोमा मोडल नबिन राई, चर्चित मोडल अन्जली अधिकारी र सम्पदा बानियाँको दमदार नृत्य तथा अभिनय देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु