रमेश विजीको नेतृत्वमा ‘राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान’

म्यूजिक खबर
प्रकाशित: ९ मंसिर २०७६, सोमबार

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौ महाधिबेशन पोखरामा सम्पन्न भएको छ । मंसिर ६ गते उद्घाटन भएको सो महाधिबेशन ८ गते सम्पन्न भएको हो । तत्कालिन केन्द्रिय अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनबाट अध्यक्षमा रमेश विजी विजयी भएका छन् । रमेश बिजिले प्रतिस्पर्धी विष्णु खत्रीलाई झिनो मत ३९ मतको अन्तरले पराजित गरी विजयी भएका हुन् । विजीले ५८४ मत ल्याएर विजयी भएका हुन भने प्रतिस्पर्धी खत्रीले ५४५ मत प्राप्त गरेका थिए।

प्रतिष्ठानको १० पदाधिकारी निर्विरोध निर्वाचित भएपछि केही पदाधिकारी र केन्द्रीय सदस्यका लागि मात्रै मतदान भएको थियो ।
मतदान भएको पदाधिकारी मध्ये कोषाध्यक्षमा राजु ढकाल, सहकोषाध्यक्षमा इश्वरीप्रसाद भुषाल, प्रशासनिक सचिवमा कृष्ण रेउले बिजयी भएका विजयी भएका छन् । त्यसैगरी सात खुल्ला सचिवमा १३ जनाको उम्मेदवारी परेकोमा जीवन दाहाल, रशेमराज भट्टराई, कुलेन्द्र विक, हरि डाँगी, प्रचण्ड जिसी, बसन्त थापा र पुस्कल शर्मा निर्वाचित भएका छन् ।

प्रतिष्ठानमा महिला ७, खुल्ला १२, हरेक प्रदेशबाट एक एक र विदेशबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको थियोे ।
निर्विरोध निर्वाचित हुनेमा प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँड र महिला उपाध्यक्षमा राधिका हमाल, महासचिवमा सुवास केसी, उपमहासचिवमा शंकर विसी र शिब हमाल, सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर र सहकोषाध्यक्षमा पूर्णकला विसी निर्विरोध निर्वाचित भएका थिए ।
महाधिवेशन लागि कुल १३४८ मतदाता रहेकोमा ११३७ ९८४।३४५० मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु