ट्रेण्डिङको यात्रामा दगुर्दै ‘कस्तो आयो दिन’

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार
rameshraj-bhattarai anita-basnet

काठमाडौं । यतिबेला कोरोना भाइरसले विश्वभरको जनजीवन प्रभावित बनाएको छ । त्यसमाथी नेपालमा त कोरोना भाइरस त्यसपछिको लकडाउनले तहसनहस नै बनाएको छ । फेरि बिग्रीएका राजनीति समेतले आम जनतालाई चिन्तित बनाएको छ । यिनै पछिल्ला सन्दर्भ, परिस्थिती र मनोभावलाई उनेर बनाइएको गीत ‘कस्तो आयो दिन’ सार्वजनिक भएको छ ।

लोकप्रिय गायक रमेशराज भट्टराईको स्वरले सजिएको गीत सार्वजनिक भएसँगै दर्शकहरुले रुचाएका छन् । गीत ट्रेण्डिङमा समेत प्रवेश गरेको छ । मे २० मा अपलोड गरिएको गीत २ दिन पछि मे २२ मा ट्रेण्डिङको यात्रा तय गरेको हो । यतिबेला यो समाचार तयार पारिरहँदा गीत ट्रेण्डिङको ४४ औं स्थानमा रहेको छ । गीत ट्रेण्डिङको शिर्ष स्थानमा नै पुग्न सक्ने संकेत ट्रेण्डिङको र भ्युजको दु्रतताका आधारमा बुझ्न सकिन्छ ।

रमेश स्वयंको शब्द र लय भएको गीतलाई विश्वास नेपालले एरेन्ज गरेका हुन् । गीतको परिकल्पनाकार दुर्गा पौडेल हुन् । दुर्गाकै निर्देशन र छायांकन रहेको गीतमा गायक रमेशजराज भट्टराई र अनिता बस्नेतले अभिनय गरेका छन् । नविन घर्ति मगरले सम्पादन गरेको भिडियोमा डिभेन्स पौडेल र अग्रता वाग्लेलाई समेत देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु