• गायक रमेशराज भट्टराईको रमाइलो ‘होली गीत’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १७ फाल्गुन २०७५, शुक्रबार

    काठमाडौँ । रंगहरुको महान चाड होली पर्वको अवसरमा गायक रमेशराज भट्टराईले निकै रमाइलो ‘होली गीत’ सार्वजनिक गरेका छन् । यस गीतलाई गायक भट्टराईले आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । झण्डै दुई दशक लामो सांगीतिक यात्रामा भट्टराईको यो पहिलो ‘होली’ गीत हो ।

    यस गीतमा शब्द, संगीत र स्वर स्वयं गायक भट्टराईकै रहेको छ । गायकद्वय प्रेम अर्याल चेतन गोतामेले कोरष गाएको गीतमा केशव बडुकोे एरेन्ज रहेको छ ।

    दीपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको गीतको भिडियोलाई नवराज उप्रेतिले छायाँकन र मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतको भिडियोमा सुनिल क्षेत्री, अलिशा शर्मा र बाल कलाकार उत्सर्ग भट्टराई अनि एभिलिना खड्का फिचर्ड छन् ।

     

    रमेशराजकी ‘नथियावाली’ रिस्ता बनेपछि चर्चामा ! हेर्नुहोस् भिडियो !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु