पहिलो पटक डबल रोलमा रामजी खाणँ “चिरिबिरी सुन्तालिमै” (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७६, बिहीबार

काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ फेरी अर्को पृथक स्वादमा तयार भएको लोक दोहोरी गीत “चिरिबिरी सुन्तालिमै” बजारमा आएको छ । अजय थापा र सुशिला श्रीपलिको सुमधुर स्वरमा रहेको यस गीतलाई लय अजय थापाले तयार परेका हुन् भने शब्द दीपेन्द्रराज अधिकारीले भरेका छन् । भिडियोमा सर्वप्रिय कलाकार बहुप्रतिभाका धनि रामजी खांड डबल रोलमा देखिएका छन् । उनि संगै करिश्मा ढकाल र नुना बि.सी को अभिनय देख्न सकिन्छ । गीतको अडियो तथा भिडियोको सर्वधिकार आत्मा बिस्वाश फिल्म्स प्रालिले प्राप्त गरेको छ । भिडियोलाई निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु