• रामकृष्ण र अम्बिका प्रेममा चुर्लुम्म, थाकेनन् एक अर्काको बर्णन गरेर

    म्यूजिक खबर
    प्रकाशित: २८ जेष्ठ २०८२, मंगलवार २३:२७

    काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकाल यतिबेला अम्बिका तामाङसँगको प्रेममा चुर्लुम्म डुबेका छन् । यी दुई प्रेमी–प्रेमीकाले एक अर्काको बर्णन गरेर थाकेका छैनन् । रामकृष्णले अम्बिकाको रुपको तारिफ गर्दै भनेका छन् –

    गुराँस जस्तो लागेर हो कि
    त्यो रूप मन परेको
    मोहनी रंग गुराँसमा हो कि
    तिम्रो पो सरेको ।

    रामकृष्णका प्रेमपूर्ण अभिव्यक्तिलाई अम्बिकाले उतिकै प्रेभभाव सहित जवाफ दिन्छिन् –
    वर्णन झुठो गरेको हो कि
    साँच्चै मन पराको
    जुनीलाई हो कि दुई दिनलाई माया
    मन छ यो डराको ।

    रामकृष्ण र अम्बिकाले वास्तविकता भने यो अभिव्यक्ति दिएका होइनन् । प्रसंग भर्खरै सार्वजनिक भएको ‘गुराँसजस्तो’ बोलको म्यूजिक भिडियोको हो । विजय सिवाकोटीको शब्द रचना गीतको भिडियोमा उनीहरुलाई प्रेमील जोडीको रुपमा देखाइएको हो । गीतमा रामकृष्ण ढकाल र सञ्जिवनीको स्वर रहेको छ । शम्भुजीत बास्कोटाको संगीत रहेको गीतलाई दीक्षित पौडेलले संगीत संयोजन गरेका हुन्।

    रामकृष्ण ढकाल र अम्बिका तामाङ गीतको भिडियोमा प्रेमभावको प्रेमी–प्रेमिकाको वर्णन गरिएको छ । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडिओलाई सुनिल उप्रेतीले निर्देशन गरेका छन्। भिडिओमा मनोज चौहान एण्ड टिमको छायांकन, समीर ओलीको ड्रोन सट् छ भने सम्पादन निर्देशक सुनिलले नै गरेका छन्। गीत ुविजय सिवाकोटीु युट्युब च्यानलमा सार्वजनिक गरिएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु