गायक रामकृष्ण ढकालको जीवनमा मिल्ने गीत ‘आकाशकी चरी’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १७ माघ २०७६, शुक्रबार
Ramkrishna Dhakal

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत ‘आकाशकी चरी’ सार्वजनिक भएको छ । गायक ढकालको जीवनसँग मात्र होइन समाजमा धेरैको जीवनसँग मेल खाने शब्द सिर्जनामा तयार भएको गीत ‘आकाशकी चरी’ आज सार्वजनिक भएको हो । चित्रकलातर्फ पिएचडीको तयारी गरिरहेका युवा व्यवसायी चिरञ्जीवी भट्टको शब्द सिर्जना रहेको छ । गीतमा त्रिभुवन विश्वविद्यालयमा ललितकला विभागका प्राध्यापकसमेत रहेका ज्योति प्रकाशको संगीत रहेको छ भने अग्रज संगीत संयोजक मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

‘आकाशकी चरी’ गीतको म्यूजिक भिडियोमा समाजसेवीको परिवारमा बच्चा विरामी भएपछि अस्पतालको खर्चको अभावमा गरिएको दुःख र बच्चाको उपचारपछिको खुशीलाई व्यक्त गर्न खोजिएको छ । भिडियोमा लोकप्रिय मोडल सनम कठायत र समिक्षा पोखरेलको अभिनय रहेको छ । भिडियोलाई गोविन्द अन्जानले छायाँकन गरेका हुन् भने गरव योञ्जन ‘दिलिप’ ले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने पत्रकार एवं गीतकार सुमन बैरागीले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु